काठमाडौँ । तीन वर्षदेखि अफगानी जेलमा रहेका ३ नेपाली रिहा भएका छन् । उनीहरूलार्इ अफगानी राष्ट्रपतिले जरिवाना वापतको रकम मिनाहा गर्दै माफी दिएका हुन् ।
जरिवानावापत तिर्नुपर्ने रकम अफगानी सरकारले मिनाहा र देश छाड्ने स्वीकृति दिएपछि उनीहरु नयाँदिल्लीस्थित नेपाली राजदूतावासको सम्पर्कमा पुगेका छन्। उनीहरू मंगलबार नेपाली दुतावासको सम्पकर्मा पुगेका छन् ।
कास्कीका गोबिन्द पौडेल, हेमप्रसाद गुरुङ र पर्वतका मीनबहादुर क्षेत्रीलाई नेपाल फर्ता पठाउने तयारी भइरहेको छ ।
नयाँदिल्लीमा भएको राइसिना सम्मेलनमा भाग लिन गएका परराष्ट्र सचिव शंकरदास बैरागीले ३ माघ (१७ जनवरी) मा नयाँदिल्लीस्थित अफगानी राजदूत दीप कुमारसँग अफगानी जेलमा रहेका नेपालीले तिनुपर्ने जरिवाना मिनाहा र स्वदेश फिर्तीका विषयमा छलफल भएको थियो। राजदूत कुमारले जेलमा रहेका नेपालीहरुलाई फिर्ता गराउन अफगानी राष्ट्रपतिबाट मात्र सम्भव हुने तर अाफूले यो विषयमा पहल गर्ने बचन दिएका थिए।
उनीहरुको अबैध बसाईं लम्बिएका कारण रकम बढ्दै गएर जरिवाना रकमका कारण समस्या थपिँदै गएको थियो । तीन वर्ष जेलमा रहँदा तिनुपर्ने रकम प्रतिव्यक्ति झण्डै पचास लाख रुपियाँ (५० हजार अमेरिकी डलर) पुगेको थियो।
प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४