काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन)ले लगानी कोष स्थापना गर्ने भउको छ । एनअारएनले नेपालको लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्न लागेको हो ।
संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए । कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उनले जानकारी दिए ।
एनआरएनले गोरखा भूकम्पबाट क्षतिग्रस्त ‘लाप्राक नमूना वस्ती’ निर्माण गरिरहेको छ । कुल ३२७ घरको पुनः निर्माणको काम अगाडि बढेको जानकारी दिइएको थियो । एनआरएनका प्रवक्ता भूषण घिमिरेले एनआरएनले हालसम्म गर्दै आएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । एनआरएनले वागमती किनाराको शंखमुल क्षेत्रमा ३२ रोपनी जग्गामा उद्यान निर्माण गरिरहेको छ । परियोजनाको निर्माण लागत झण्डै दुई करोड २५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४