डा.दिनेशचन्द्र देवकोटा
१. चुनावी तालमेल, राजनीतिक स्थिरता
२०७४ असोज १७ गते नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने महान् उद्देश्यका साथ आसन्न संघीय र प्रादेशिक निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा पार्टी वीच चुनावी तालमेल गर्ने र चुनाव पछि पार्टी एकता गर्ने लगायतका छ वुँदे ऐतिहासिक सहमतिले मुलुक सँधै अस्थिर राजनीतिको शिकार भई रहने समस्याको अन्त्य हुने लक्षण देखिएको छ । यो सुखान्त संयोग हो । यसले नयाँ राजनीतिक अवसर मात्र प्रदान गरेको छैन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना पछि प्रत्येक नागरिकले अपेक्षा गरेका आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि राष्ट्रिय एजेण्डाहरुको शिघ्रातिशीघ्र कार्यान्वयन हुने आशा र अपेक्षा जनताको छ । यति मात्र होइन राजनीतिको केन्द्रमा वामपन्थीहरु रहने संकेत गरेको छ । तसर्थ यस ऐतिहासिक सहमतिलाई अक्षरसः पालना गर्दै विभिन्न तह र तप्कामा संगठित सम्पूर्ण वाम वुद्धिजीवीलाई आआफ्नो ठाउँवाट एकतावद्ध हुन बल मिलेको छ । अब वाम वुद्धिजीवीहरु गैह्रकम्युनिष्टहरुका भाम्रक प्रचारवाजीहरुलाई चिर्दै वामतालमेलको पक्षमा जनमत सिर्जना गर्न नयाँ शिराबाट सक्रियतापूर्वक काममा लाग्नु वर्तमान समयको आवश्यकता हो । राष्ट्रियता, जनजीविका तथा सामाजिक न्याय सहितको समानतापूर्ण समाज निर्माण गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु हामी सवैको दायित्व हो । मुलुकलाई राजनीतिक स्थिरता माफर्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासका लागि योगदान गर्न सम्प्ूर्ण लोकतान्त्रिक, प्रगतिशील, तथा देशभक्त जनसमुदायहरु वामतालमेलको समर्थनमा दृढतापूर्वक लागी यसको पक्षपोषण गर्न वैचारिक अन्तक्र्रियालाई तीव्र पार्नु पर्दछ ।
२. देशको वर्तमान आर्थिक अवस्था
नेपाल अल्पविकसित तथा भूपरिवेष्ठित राष्ट्र हो । नेपालीहरूको हाल वार्षिक प्रतिव्यक्ति आय ८२० अमेरिकी डलर छ । पूर्वाधार विकासका कामहरू यथेष्ट हुन नसक्दा देश औद्योगिक विकासमा निकै पछाडि परेको छ । विसं २०४८ सालबाट २०६५ सालसम्म आइपुग्दा उद्योग सङ्ख्या १८ प्रतिशतमा घटेको छ र औद्योगिक श्रमिक यस अवधिमा २० प्रतिशतले घटेको अवस्था छ । मुलुकमा बढ्दो बेरोजगारीको कारण युवाहरूको विदेश पलायन व्यापक छ । नेपालको आयातमा वृद्धि २६.८ प्रतिशत आव २०६३।६४ मा थियो भने ०७२।७३ मा ३४.४ प्रतिशत पुगेको छ । यसै गरी निर्यात तर्पm आव २०६३।६४ मा कमी हुन गई ८.२ प्रतिशत पुगेको थियो भने ०७२।७३ मा ३.१ प्रतिशत निर्यात घटिरहेको छ । व्यापार घाटा आव ०६३।६४ मा १८.६ प्रतिशत थियो भने ०७२।७३ मा ३१.३ प्रतिशतले वृद्धि भएको देखिन्छ । उत्पादनका साधन माथिको पहुँच र त्यसको वितरणमा असमानताका कारण गरिबीको गम्भीर दुस्चक्रमा देश फसेको छ । वैदेशिक लगानीको समुचित उपयोगमा कार्यान्वयन पक्ष कमजोर भएकाले आर्थिक अनियमितता र भ्रष्टाचार बढेर गएको छ । मुलुक दश वर्षे द्वन्द्वमा फसेर उत्रिन नसकिरहेको अवस्थामा द्वन्द्व पश्चात्का दश वर्ष राजनीतिक अस्थिरता र सङ्क्रमणकालमा रुमल्लिएर समृद्धिको बाटोमा अगाडि जान सकेको छैन ।
नेपालले सामना गरिरहेका चुनौतीहरूमा विश्व आर्थिक मन्दी, सुशासनको कमी, हिमाल, पहाड र तराईबीच सद्भाव खल्बल्याउने दुस्प्रयास र राष्ट्रियतामाथिको चुनौती प्रमुखरूपमा रहेका छन् । नेपालको भूबनौट र प्राकृतिक विपद् (भूकम्प २०७२ लगायत) तथा जलवायु परिवर्तनका कारणसमेत देश विकासमा उल्लेख्य प्रगति गर्न नसकिएको अवस्था रहेको छ । यी असङ्ख्य चुनौतीहरूका बीचमा उभिएर देशको आर्थिक समृद्धिमा लाग्न वर्तमानमा केही उपायहरू अपनाउनु पर्ने देखिन्छ । ती हुन् ः राष्ट्रिय पूँजीको विकास, राष्ट्रिय असङ्ख्य चुनौतीहरूका बीचमा उभिएर देशको आर्थिक समृद्धिमा लाग्न वर्तमानमा केही उपायहरू अपनाउनु पर्ने देखिन्छ । ती हुन् ः राष्ट्रिय पूँजीको विकास, राष्ट्रिय बजारको विस्तार, स्वाधीन अर्थतन्त्रको विकास, विकासको मौलिक मार्ग अवलम्बन, तीन खम्बे अर्थतन्त्र (सरकारी, सहकारी र निजी) मार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माण,छरिएको पूँजीलाई एकत्रित गर्दै पूँजी निर्माणमा जोड, वैदेशिक सहायता तथा लगानीहरू र राष्ट्रिय हितको सवाललाई प्राथमिकता र समग्रमा उत्पादक शक्तिको विकासमा प्राथमिकताको नीति र त्यसको कार्यान्वयनमा जोड दिनु पर्दछ ।
३ समस्याको पहिचान गरौँः के गर्नु पर्दछ वाम मोर्चाले ?
एमाले सहितको वाम मोर्चाले राष्ट्रिय समस्यामाथि अर्जुन दृष्टि लगाई विकासका एजेण्डाहरुको पहिचान गरी भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका साथ योजनाहरुको कार्यान्वयन गर्नु पर्दछ । यस्ता योजना जनस्तरको चाहनाको वा आवश्यकताको आधारमा आधारभूत तहका जनताको विचार संकलन गरेर तर्जुमा गर्नु पर्दछ । योजना कार्यान्वयन गर्दा समावेशीताका आधारमा विपन्न वर्गलाई समेटेर हिमाल,पहाड र तराइका जनताको मालिक्याइँ अनुभूत हुने गरी सञ्चालन गर्नु पर्दछ ।
वर्गिय सवाललाई प्राथमिकता
जोताहा गरीव जन र जमिन्दार तथा सामन्तहरु, काम गर्ने र काम गराउनेहरु, खाद्यान्न भण्डारण गर्ने र दैनिक ज्यालाबाट जीवीका गर्नेहरु तथा श्रमिक तथा उद्योगी व्यापारीहरुका सवालहरु एउटै छैनन् । यी सवै तह र तप्काका जनताको सवालहरु मध्ये आधारभूत तहका जनताको सवाललाई प्राथमिकतामा राख्नुपर्छ । तराईमा डुवान हुन्छ, बाढीको समस्या छ । किसानको शोषण भइरहेको छ । सडक पिच भएका छैनन् । घरहरु व्यवस्थित छैनन् । फुसको छानो हुँदा आगलागीको समस्या छ । दलितहरुले सम्मानजनक वातावरण पाएका छैनन् । बालिकाहरुले अहिले पनि स्कुल जान पाएका छैनन् । विकासमा पछि पारिएको वर्ग, त्यसमा पनि दलित, जनजाति र महिलालाई विशेष मूलप्रवाहीकरण गर्ने गरी अगाडि बढ्नुपर्छ । वाम मोर्चाले स्थानीय तहका मुद्दा, विकास निर्माण, समावेशिताको विषयलाई जोडदार रुपमा उठाउनुपर्छ । एमाले नभएको भए आजको महिलाको प्रतिनिधित्व सम्भव थिएन । मधेसमा शोषण केन्द्रिकृत सरकारले भन्दा मधेसका टाठाबाठाहरुले गरिरहेका छन् । जो पटक–पटक सरकारमा सहभागी भए उनीहरुले नै गरेका छन् ।
४ पराजित मानसिकता
मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि तालमेल र त्यस पछि पार्टी एकीकरण गर्ने घोषणा भएपछि नेपाली कांग्रेस लगायतका दलले देशभित्र एकदलीय कम्युनिष्ट शासन ल्याउने योजना भन्दै भ्रम छर्ने कोशिश गरिरहेका छन् । साम्यवादी व्यवस्था स्थापनाको उद्देश्य राखेका कम्युनिष्ट पार्टीहरु बीचको एकतालाई लोकतन्त्र माथिको खताराको रुपमा व्याख्या गर्दै कांग्रेस लगायतका दलहरुले चुनावी एजेण्डा बनाउने योजना बनाएको देखिएको छ । २५ वर्षदेखि लोकतान्त्रिक अभ्यास गरिरहेको एमाले र शान्ति प्रक्रियापछि शान्तिपूर्ण बाटोबाट अघि बढेको माओवादी बिचको एकता कुनै एकदलीय व्यवस्थाकालागि नभई स्थीर सरकारको गठन र आर्थिक सम्बृद्धिको नेपाली जनताको आकांक्षा पुरा गर्ने योजना मुताविक भएको एमाले र माओवादीले बताइरहेका छन् । जुन स्वभाविक हो ।
जस्तो नेपालका वामपन्थीहरु साम्यवादी तवरले जान्छन् कि भन्ने डर काँग्रसीहरुमा परेको छ । कारण उनीहरुले जनताको बहुदलिय जनवाद पढेका छैनन् । एमालेले बहुलवादलाई आधारभूत तहमा स्वीकार गरेको छ । अर्को कुरा विधिको शासन, आवधिक चुनाव एमाले र माओवादी दुबैले स्वीकार गरेका छन् । दुई तिहाइ आफ्नो पक्षमा मत ल्याएर हिजो अप्ठेरोमा परेको वर्ग दलित, जनजाति, मुस्लिम,हिमाल,पहाड र तराइको समस्या समाधान भयो भने जनताका माझ कम्युनिष्टहरु दीर्घकालीन रुपमा नेपाली राजनीतिमा हाबी हुनेछन् भन्ने मनोवैज्ञानिक त्रासले काँग्रेसी झुण्ड आत्तिएको छ । यो वामपन्थीहरुको एउटा सफलता हो किनकि विपक्षीको तेजोवध हुन गएको छ । वामतालमेल विपक्षीहरुलाई, नेपाली कांग्रेसलाइ पराजित मानसिकतामा पुर्याउनुे सफलता हो । नेपाली कांग्रेसले आफ्नै वहुमतको सरकार गिराउने र प्रजातन्त्रलाई वारम्वार धरापमा पुर्याउने कार्य गरेको कारण पनि प्रतिफल दिएन । संसदको वारम्वार विघटन गर्ने, स्थानीय निकायको विघटन गरेर अर्को निर्वाचन नगर्ने वा पुरानो स्थानीय निकायको म्याद थप पनि नगर्ने र मुलुकलाई १५ वर्ष देखि स्थानीय निकाय विहिन तुल्याउने नेपाली कांग्रेसले आतमनिर्भरता, आयात प्रतिस्थापन र स्वाधीन अर्थतन्त्रको कुरा त्यस पार्टीले गरेको कहिल्लै सुनिएन, जिम्मेवारी पनि लिनुपर्ने हुन्छ, ।
तसथर्, अबको समृद्धिको यात्रा, अबको विकास निर्माणको यात्रा, गरीबहरुको पक्षमा पृष्ठ पोषण गर्ने यात्रा, बाटो बिग्रेको ठाउँमा बाटो पुर्याउने यात्रा, मधेस र तराइलाई आरक्षण दिएर सुरक्षित गर्ने यात्रा, महिलाहरुको ५० प्रतिशत सहभागिता सुरक्षित गर्ने यात्रा र खान नपाएकाहरुलाई खान दिने यात्रा वामपन्थीहरुको आर्थिक समृद्धि र विकाशको एजेण्डा हो । यसको कार्यान्वयनमा बुद्धिजीवीहरु, विज्ञहरुको प्रत्यक्ष संलग्नता हुनु पर्दछ ।
(देवकोटा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन । )
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०७४