काठमाडौँ । आगामी आइतबार सिड्नीमा हुन लागेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलन २०१७ को तयारी सुरु भएको छ । सिड्नीको रेज होटलमा आइतबार बिहान १० बजेदेखि अपरान्ह पाँच बजेसम्म सम्मेलन सञ्चालन हुने जनाइएको छ । ‘एक एनसीसी–एक लगानी–एक रोजगारी’ नारासहित हुन लागेको सम्मेलनको प्रमुख प्रेरक वक्ताका रुपमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. शेष घले नेपालबाटै पुग्ने भएका छन । सम्मेलनमा करिब ८० प्रतिशत व्यवसायीहरुको उपस्थिति न्यू साउथ वेल्सबाट हुने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३