काठमाडौं । गुरू विशाल गएको बर्ष दुई पटक नेपालको भ्रमणमा आए । भारतबाट आफ्ना शिष्यहरुको साथमा एकै बर्ष दुईपटक नेपालको भ्रमणमा आएका गुरू विशालले आफुले दुवैपटक नेपालको प्रकृतिसंग साक्षात्कार गरेर खुसी महसुस गरेको अनुभव बाडेका थिए । गुरू विशाल नेपालको साब्दिक बिषयमा भन्नुहुन्छ : नेपालको नामले चिनिने यो देशको नाम वास्तवमा नेय(ज्ञय) ऋषिको नामबाट राखिएको थियो । नेपाल शब्द संस्कृत भाषाको ज्ञेपाल शब्दको आजको रुप हो । ज्ञेयको अर्थ जान्नेहरु र पालको अर्थ पालक या रक्षक हो । यस हिसावले नेपालको वास्तविक अर्थ हुन्छ जान्नेहरुद्धारा रक्षा गरिएको देश । गुरू विशाल अगाडी भन्नुहुन्छ : जसले नेपालको बास्तविक अर्थ जान्दछ उनीहरुले मात्रै यसको रक्षा गर्न सक्छन ।
ऋषि नेय(ज्ञय) लाई वैदिक ऋषि अर्थात रक्षकको रुपमा बर्णन गरिएको छ र नेपाल ऋषिहरुको प्राकृतिक ज्ञान लिने ठाउँ हो र यही भुमिमा ज्ञानीहरुको रक्षा पनि हुन्छ । त्यस हिसावले हेर्दा नेपाल पुरै देश प्राकृतिक सम्पदाबाट सम्पन्न छ । प्राकृतिक रुपमा सम्पन्न भएकै कारण ऋषिमुनीहरुले यो भुमिलाई आफ्नो तपस्यास्थलका रुपमा चयन गरेका थिए । तर सयौ बर्षदेखि प्राकृतिबाट अलग थलग हुनु , ध्यान तपस्यालाई भुल्नु र आफ्नो वैदिक जराहरुबाट अलग भएर बाहिरिया सभ्याताको व्यापक प्रभाव परेकै कारण यो देशले पटक पटक प्राकृतिक विपत्तीको सामना गर्नु परिरहेको गुरू विशालको बुझाइ रहेको छ ।
नेपालले सामना गरिरहेको समस्याबाट मुक्ती पाउनका लागि नेपालीहरुले पुनः आफने वैदिक सम्यतालाई व्युताउनु पर्ने र सोही अनुसारको जिवनशैली अपनाउनुपर्ने गुरू विशालको सुझाव रहेको छ । नेपाल भगवान शिवको त्यो पावन भुमि हो जहाँ पशुपतिनाथको रुपमास्वयं शिव विराजमान रहनुभएको छ । त्यस्तो पवित्र देशमा पशुहरुलाई काटमार गर्नु पनि सभ्यता विपरित रहेको गुरू विशालको भनाई छ । नेपालीहरुले आफ्नो हित र उन्नतीको लागि ऋषि परम्पराले बताए अनुसारको प्राकृतिक वैदिक जिवनशैली अपनाउनुका साथै पुनः ध्यान तपस्याको नियमलाई सिक्दै पूर्णरुपले साकाहारी जिवन जिउनुपर्ने गुरू विशालको सुझाव रहेको छ । नेपाललाई पुनः वैदिक सनातनी देशको रुपमा देख्न चाहने तिनै गुरू विशाल निकट भविस्यमा नेपालको भ्रमणमा आउने बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१