काठमाडौं । नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल नक्सालमा कार्यरत प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंह बिरुद्ध प्रहरी निरिक्षक बन्दै गर्दा स्नातक तह उर्तिण नभएको भन्दै छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्नातक तह उर्तिण भएको प्रमाणपत्र पेश नगरिकनै प्रहरी निरिक्षक पदमा दरखास्त दिने कुरा अख्तियारको चरम दुरुपयोग हुने भएकाले प्रमाणपत्र पेशै नगरि प्रतिस्पर्धा गरि सिंहले प्राप्त गरेको जागिर यताका सबै सेवा सुविधा असुल उपुर गरि कारवाही गर्न उजुरीमा माग गरिएको छ ।
यसअघि दार्चुला जिल्लाको इन्चार्जको रुपमा काम गरिसकेका शिवबहादुर सिंह प्रहरी भित्र आकर्षक ठाउमा पोष्टिङ पाउने मध्येका अधिकृत हुन । २०६१ जेष्ठ १५ गते प्रहरी निरिक्षक पदमा नियुक्ति लिएका सिंहले २०५८ साल मंसिर १२ गते खुल्ला गरिएको विज्ञापनमा फारम भरेका थिए । प्रहरीद्धारा जारी गरिएको सो बिज्ञापनले कुनैपनि नेपाली नागरिक प्रहरी निरिक्षक पदको परिक्षामा सहभागी हुन विज्ञापन गरिएको अन्तिम मिति भित्र स्नातक तह उर्तिण गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको थियो ।
आजको न्युजले प्राप्त गरेको उजुरीको विवरण र निज शिवबहादुर सिंहका शैक्षक रेकर्डहरु हेर्दा उनले २०५८ चैत्र ५ गते मात्रै स्नातक तह उर्तिण गरेको भेटिएको छ । सिंहको शैक्षिक रेकर्डहरुको फेहरिस्त हेर्दा उनले उनले २०५८ मंसिर भित्र नभई २०५८ चैत्र ५ गते मात्रै स्नातक तह उर्तिण गरेको पाटन मल्टीपल क्याम्पसको अभिलेखमा प्रष्ट देखिन्छ । क्याम्पसको अभिलेख अनुसार सिंहले २०५६ सालमा १७०८३ सिम्वल नम्बरमा वि.ए प्रथम बर्षको परिक्षा दिएका थिए तर त्यो बर्ष उनको सबै बिषयमा अनुतिर्ण देखाएको छ । त्यसपछि ५७ सालमा सिम्वल नम्बर १६५७९ र ५८ सालमा सिम्वल नम्बर २५९७० बमोजिम प्रथम बर्ष उर्तिण भएको अभिलेखले देखाउछ । त्यस्तै सिंहले २०५७ सालमा सिम्वल नम्बर १६५७९ र २०५८ सालमा सिम्बल नम्बर २५९७० मार्फत दुइपटकको प्रयास पछि स्नातक दोश्रो बर्षको परिक्षा उर्तिण गरेको रेकर्ड पाटन क्याम्पसको अभिलेखमा रहेको छ । र सिंहले तेश्रो बर्षको परिक्षा भने २०५८ चैत्र ५ गते सिम्बल नम्बर ७०७१ मार्फत उर्तिण गरेको अभिलेख छ । यसरी हेर्दा त्यो बेला दरखास्त आह्वान भएको मिति भन्दा उनले स्नातक उर्तिण गरेको समय ३ महिना २१ दिन ढिलो हुन आउछ ।
यसरी कानुन कार्यन्वयन गर्ने राज्यको सबैभन्दा महत्वपूर्ण र संवेदनशिल निकाय नेपाल प्रहरीलाई नै ढाट छल गरि निज शिवबहादुर सिंहले दुई दशक देखि प्रहरीको अधिकार प्रयोग गर्दै सेवा सुविधा प्रयोग गरिरहेका छन् । प्रचलित कानुन अनुसार प्रहरी निरिक्षकमा दर्खास्त हाल्ने कुनै पनि नेपाली नागरिक अनिवार्य रुपमा स्नातक तह उर्तिण हुनुपर्ने व्यवस्था बिपरित सिंहले प्रहरी संगठनलाई गुमराहमा राखे । स्नातक तह उर्तिण नभएकै व्यक्तिले पछि शैक्षिक प्रमाण पत्र पेश गर्न पाउने भए त्यो सुविधा उनलाई मात्रै होइन सबैलाई प्राप्त हुनुपर्ने थियो । तर नियमानुसार कुनैपनि नागरिकले प्राप्त नगर्ने त्यो सौलियत उनलाई मात्रै दिइयो वा उनले त्यो बेला प्रहरी संगठनलाई नै छले त्यो भने सम्बन्धित निकायको अनुसन्धान पछि मात्रै खुल्न जानेछ । जे जसरी भएपनि सिंहले राज्यलाई ढाँट छल गरि नियुक्ति लिएकाले हाल सम्म खाईपाइ आएको सम्पूर्ण तलव भत्ता समेत असुल उपर गरि उनीमाथी हदै सम्मको कारवाही माग गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ भने त्यसको बोद्धार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा दिइएको छ ।
यसरी योग्यताको शैक्षिक प्रमाणपत्र बेगरै प्रहरी निरिक्षकको पदमा प्रतिस्पर्धा गरेका सिंहको उजुरीलाई अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रको अनुसन्धान अन्तर्गत राखि अनुसन्धान गर्नेछ । आयोगका प्रवक्ता नरहरि घिमिरेले आजको न्युजसंग सक्षिप्त कुरा गर्दै भन्नुभयो ूस्नातक तह उर्तिण नगरि प्रहरी निरिक्षक पदमा दर्खास्तै हाल्न मिल्दैन यदि त्यस्तो भएको भए आयोगको कार्यक्षेत्र भित्र त्यो बिषय पर्ने र नक्कली शैक्षिक प्रमाणपत्र अन्तर्गत यो बिषयलाई अनुसन्धान गरिनेछ” ।
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१