काठमाडौँ । काठमाण्डौँको कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७औ साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका राष्टिूय सहकारी विकास बोर्डका सदस्य सचिव डा खगराज शर्माले सुयोग्य साच्चिकै नाम जस्तै सुयोग्य रहेको भन्दै प्रशंसा गर्नुभयो । सहकारी क्षेत्रले अफ्ठयारो समयको समाना गरिरहेका बेलामा पनि सुयोग्यले सफल रुपमा आफ्नो कारोवार गरिरहेको प्रति डा. शर्माले खुसी व्यक्त गर्नुभयो ।
सहकारीका सबै सिद्धान्त तथा मापदण्ड पुरा गरि सञ्चालनमा रहेको यो संस्थाले बर्षेनी कारोवार रकम मात्रै होइन आफने नाफा पनि बृद्धि गरिरहेको छ । सहकारी संस्थाहरुले निर्धारित योजना अनुसार सहकारीका सबै मापदण्ड पुरा गरे कहिल्यै समस्या नआउने सदस्य सचिव शर्माको भनाई थियो । उहाँले सुयोग्यबाट राजधानी लगायत सहरी क्षेत्रका अन्य सहकारी संस्थाहरुले धेरै कुरा सिक्न सक्ने समेत औल्याउनुभयो ।
यस्तै १७औ साधारण सभामा अतिथिको रुपमा सहभागी हुनुभएका राष्टिूय सहकारी महासंघका महाप्रबन्धक तथा सुयोग्य साकोसका सल्लाहकार चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सुयोग्य सधै आफ्ना सदस्यहरु प्रति जफावदेही रहेको प्रसंग औल्याउनुभयो । उहाँले हालै संसदले गठन गरेको सहकारी सम्बन्धी छानविन विशेष समितिले सहकारी क्षेत्रका विकृति औल्याएको प्रति लक्षित गर्दै सुयोग्यमा भने ति कुनैपनि विकृति कहिल्यै नरहेको बताउनु भयो । उहाँले भन्नुभयो “सहकारी क्षेत्रमा धितो देखि ऋणी मात्रै होइन साधारण सभा पनि नक्कली हुने गरेको प्रतिवेदन सार्वजनिक भइरहेका बेला सुयोग्यले स्थापनाकाल देखि कुनैपनि कुरा कहिल्यै पनि नक्कली खडा गर्नु परेन” । सुयोग्य साकोसले आफ्ना सफल १७ बर्ष पुरा गरिसक्दा आज सम्म कहिल्यै प्रश्न झेल्नु नपरेको उहाँको भनाई थियो ।
कोटेश्वरमा मुख्य कार्यालय रहेर सञ्चालन भइरहेको सुयोग्य साकोस एउटा सफल, मुल्य मान्यता र मापदण्डमा आधारित सहकारीको परिचय बनाइसकेको संस्था हो । कार्यक्रममा मोटीभेसनल स्पीकरको रुपमा अर्जुन श्रेष्ठले आफ्नो भनाई राखेका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक प्रकाश रेग्मीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेको त्यो साधारण सभामा अध्यक्ष पम्फा न्यौपानेले अध्यक्षको प्रतिवेदनका रुपमा संस्थाले अहिले सम्म गरेका काम कारवाही र आगामी दिनमा गर्ने योजनाहरु प्रस्तुत गर्नुभएको थियो । बार्षिक साधारण सभामा उत्कृष्ट सेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१