काठमाडौँ । नयाँ सरकार गठन भएलगत्तै जल तथा उर्जा आयोगबाट पुनः भौतिक पूर्वाधार मन्त्रालय प्रवेश गरेको सचिव केशवकुमार शर्मा विडारीले आफ्नो तजिविजीमा एकैपटक ठुलो संख्यामा कर्मचारीको सरुवा गरेका छन् । जवकि यसअघि दुईमहिना पहिले मात्रै भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगतका कर्मचारीको सरुवा भएको थियो । त्यो सरुवा गर्ने बेला आफुलाई मन्त्रालयबाट सरुवा गरेको रोषमा शर्माले त्यतिबेलाका मन्त्रीले गरेको सरुवालाई चुनौति दिने सैलीमा यो पटक व्यापक मात्रामा कर्मचारीको सरुवा गरेका छन् ।
आफुलाई सरुवाको बदनामीमा संलग्न नगराउन भन्दै पन्छिएका मन्त्री देवेन्द्र दाहाललाई फट्के किनाराको साछी बनाउदै सचिव केशव शर्माले सम्पूर्ण सरुवा एकलौटी गरेका हुन । यसअघिका उपप्रधामन्त्री रघुविर महासेठसंग बदला लिने सैलीमा उनी निकट मानिएका धेरैजसो डिइलाई कमसल मानिएका ठाउँमा सरुवा गरिएको छ । सचिवस्तरिय निर्णय भन्दै भाद्र ९ गतग गरिएको सरुवाको सूची यस्तो छ :




प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१