काठमाडौँ । काग्रेस एमाले गठबन्धन बन्ने तयारी लगत्तैबाट बढ्न सुरुभएको नेप्से दिनप्रतिदिन बढिरहेको छ । निरन्तर उकालो लागिरहेको नेप्से मंगलबार उच्च विन्दुमा पुगेको थियो । नेप्सेमा हरियाली छाएसंगै लामो सयमदेखि समस्याग्रस्त रहेको सेयर बजार सकारात्मक दिशातर्फ अघि बढेको आकंलन गर्न थालिएको छ । मंगलबार नेप्से परिसुचक २३१०.५९ विन्दुमा पुगेको छ । एमाले उपाध्यक्ष बिष्णु पौडेल अर्थमन्त्री हुँदा प्राय नेप्से उकालो लाग्ने गरेको छ । केपी ओली नेतृत्वकै अघिल्लो सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्रालयको बागडोर समालेपछि ओरालो यात्रा आरम्भ गरेको नेप्से यो सरकार बन्नु अघिसम्म समस्याग्रस्त भएको थियो । नेप्सेमा आइरहेको निरन्तरको गिरावटले अर्थतन्त्रनै नकारात्मक रुपमा अघि बढेको थियो ।
मंगलबारमात्रै ९अर्ब भन्दा बढिको कारोवार हुनुले लगानीकर्ताहरु उत्साहित भएका छन् । पुँजीबजारको बढोत्तरीले बर्तमान सरकार आएसंगै अर्थतन्त्रमा छाइरहको निराशा आशामा बदलिने संकेतहरु देखिएका छन् । यसैबिच अर्थमन्त्री बिष्णु पौडेलले सेयरबजार जुवाघर नभएर अर्थतन्त्रको ऐना रहेको बिचार व्यक्त गरेका छन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सेयरबजारलाई जुवाघरको संज्ञा दिएका थिए । उनको त्यो अभिव्यक्ति पछिनै सेयर बजारले निरन्तर ओरालो यात्रा तय गरेको थियो । सेयर बजारको त्यही ओरालो यात्रा पछि समग्र अर्थतन्त्रनै नकारात्मक दिशातर्फ अघि बढेको अर्थबिज्ञहरुको बुझाई रहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१