काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजबाट पदमुक्त भएका छन् । १९ महिना अघि दुई तिहाई सांसदहरको समर्थन सहित प्रधानमन्त्री भएका माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असाढ २८ गते विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका हुन । सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले चौथो पटक संसदमा विश्वासको मत लिनु परेको थियो । तिन पटक सम्म विश्वासको मत पाउदै आएका प्रधानमन्त्री दाहालले यो पटक भने जम्मा ६३ मत मात्रै प्राप्त गरे । उनको विपक्षमा भने १९४ मत परेको छ । २७५ सदस्यीय प्रतिनिधि सभाको आजको बैठकमा जम्मा २५८ जना सांसद मात्रै उपस्थीत भएका थिए ।
काग्रेस सहितको गठबन्धनबाट चुनाव लडेका पुष्पकमल दाहालले नयाँ संसद आएसंगंै गठबन्धन बदलेर एमालेको समर्थनमा पहिलो पटक प्रधानमन्त्ती भएका थिए । एमालेसंग गठबन्धन गर्दै पहिलो पटक प्रधानमन्त्री बनेको केही महिनामै दाहालले फेरि कांग्रेससंग गठबन्धन बनाए र एमालेलाई जिल्ल पारे । त्यसपछि प्रचण्डबाट जिल्ल हुने पालो कांग्रेसको थियो । उनले काग्रेससंगको गठबन्धन तोडेर फेरि ओलीसंग मिलेर नयाँ सरकार बनाएका थिए । केपी ओलीसंग दोश्रोपटक गठबन्धन बनाएको चार महिना नपुग्दै काग्रेससंग नजिक हुन लागेका प्रचण्डलाई यसपटक भने ओली र देउवाले जिल्ल बनाइदिएका छन् । सहयात्री बदल्दै आफ्नो सत्ता लम्व्याउने योजनामा रहेका दाहालको यात्रामा यसपटक भने ब्रेक लागेको छ । अब देशले दाहाललाई प्रतिपक्षको बेन्चमा देख्नेछ भने एमाले काग्रेस सहितको गठबन्धनको सरकार बन्नेछ ।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१