काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले फणीन्द्र देवकोटा, दीपक मनाङे र पञ्चराम तमुलाई मन्त्री बनाउने भएका हुन् । पाण्डेलाई विश्वासको मत दिन देवकोटाले फ्लोर क्रस गरेका थिए । उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन् ।
त्यसैगरी यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन लागेका हुन् ।
यसअघि खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका दीपक मनाङले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए । उनी पनि मन्त्री बन्दैछन् ।’
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१