काठमाडौं : सरकारले भारत, अमेरिका र बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
२०७८ कात्तिकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतमा शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
यस्तै साउदी अरेबियामा नवराज सुवेदी, कतारमा डा नरेशविक्रम ढकाल, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा शान्ति रिजाल राजदूत छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१