काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ महिनापछि प्रतिनिधि सभा बैठकमा बोल्न पाएका छन् । गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टदेखि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा उनीमाथि सहकारीको रकम अपचलनको आरोप लगाउँदै बोल्न समेत बन्देज गरेको थियो । सरकारले संसदीय छानबिन समिति बनाउन तयार भएपछि कांग्रेसले बोल्न दिएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१