काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यो सम्झौता कार्यान्वयनमा आएपछि नेपाल र मलेसिया बीच व्यापार तथा लगानी प्रवर्द्धन हुनेछ ।
समझदारी पत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१