काठमाडौंको कपनस्थित एकता वस्तीमा कला बुटिक सञ्चालनमा आएको छ । तीन जना फेसन डिजाइनरले कला बुटिक सेन्टर सञ्चालनमा ल्याएका हुन् । बुटिकको मिस नेपाल वल्ड प्रियंका रानी जोशीले रिवन काटेर शुभारम्भ गरिन् ।
त्यसक्रममा उनले फेसनप्रति नेपालीको बढ्दो चाख,रुचि र आकर्षणलाई ध्यानमा राख्दै सबै उमेर समूहका मानिसहरूका लागि रोजाई अनुसारका आकर्षक पोशाक एउटै थलोमा उपलब्ध हुनु सुखद भएको वताइन् ।
देवी तामाङ, वैशाली राणा र स्मिता राईले संयुक्तरूपमा बुटिक सञ्चालनमा ल्याएका हुन् । उनीहरू तीनै जनाले फेसन डिजाइनिङमा डिप्लोमा र एड्भान्स कोर्ष गरेका छन् । बुटिक सेन्टरमा महिला, पुरुष र बालबालिकाका लागि उत्कृष्ट डिजाइनका आकर्षक पोशाक उपलब्ध छन् ।
बुटिकमा विवाहमा दुलहा, दुलहीले पहिरिनेदेखि हरेक उमेर समूहका लागि मौसम अनुसारका पोशाक उपलब्ध रहेको संचालक देवी तामाङले जानकारी दिइन् । तामाङले भनिन् : ‘अन्य बुटिकमा सिमित पोशाक मात्र उपलब्ध छन् तर कला बुटिकमा सबै उमेर समूहका लागि निकै मेहनतसाथ तयार गरिएका पोशाकहरू उपलब्ध छन्,विविध उमेर समूहका लागि विविध किसिमका पोशाक नै हाम्रा विशेषताहरू हुन्’ संचलाक देवी तामाङको दावी छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१