काठमाडौँ । वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ ल्याइदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको जहाज आज नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।
आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएका विषयमा निरन्तर चासो लिएको भन्दै इजरायलमा रहेको जहाजलाई ल्याउन पहल गरेको मन्त्री तामाङले बताए ।
सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए । मन्त्री तामाङले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१