काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्परागत भन्दा फरक हुने बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि महेन्द्रनगर जाने क्रममा आइतबार धनगढी विमानस्थलमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
‘वैज्ञानिक, वस्तुवादी र जनमैत्री नीति तथा कार्यक्रम र बजेट बनाउदैछौं,’ प्रधानमन्त्रीले भने ‘ड्राफ्ट तयार भइसकेको छ ।’प्रधानमन्त्री दाहालले एमाले-माओवादीसहितको वर्तमान समीकरण पूरै अवधि टिक्ने दाबी पनि गरेका छन् । वर्तमान सत्ता समीकरणको आयुलाई लिएर अहिले बजारमा चलिरहेका हल्लाको कुनै अर्थ नभएको उनले बताए । उनले प्रदेशमा सरकारहरू गठनको क्रम अन्तिम चरणमा पुगेको बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१