काठमाडौँ । दुबै मृगौला फेल भएर उपचार गराइरहेका जयबहादुर पाइजा मगरको उपचारका लागि अमेरिकमा बस्ने नेपाली महिलाहरुले सहयोग गरेका छन । कालिका – ३ बर्दिया निवासी ३१ वर्षिय जय बहादुरको उपचारका लागि टेक्सास बस्दै आएका याशिका बाँठामगर र कमल थापाको पहलमा त्यहाँस्थित नेपाली महिलाहरुले ५० हजार पाँच सय ३५ रुपैयाँ रुपैयाँ सहयोग गरेर पठाएका हुन ।
यसरी सहयोग गर्नेहरुमा कमला थापा र साथीहरु २०१, जिया थापा मगर ५१, याशिका बाँठा मगर ५०, सविता आले थापा ५०, बिरपती र मानबहादुर बाँठा मगर ४०, देवी थापा २५, देविका चापागाई २५, मञ्जु कार्की २५ डलर सहयोग गर्नुभएको हो । लामो समयदेखि दुबै मृगौला फेल भएर काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका जयबहादुरलाई बिहिवार काठमाडौंमा रकम हस्तान्तरण गरिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग गर्न जय जबहादुरले सबैसँग आग्रह गरेका छन ।
नबिल बैंकको अकाउन्ट नम्बर (0210017539046) अथवा नेपाल इन्भेस्टमेन्ट बैंकको अकाउन्ट नम्बर (00105080394666) मार्फत सहयोग गरेर आफ्नो ज्यान बचाइदिन जयबहादुर पाइजा मगरले आग्रह गरेका छन । साथै सम्पर्कका लागि आफ्ना दाजु पुर्ण मगरसँग 9841352083 मा सम्पर्क गर्न सकिनेछ । जयबहादुरको मुटुमा समेत समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३