काठमाडौँ । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् ।
सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महतोले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको भन्दै अन्तमा उनीहरू आफैँ मेटिने चेतावनी दिए ।
उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिन्छन् ।’
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०