काठमाडौँ । स्टेफन डोहेनीको शतकप्रेरित आयरल्यान्ड वुल्भ्सले अन्तिम एक दिवसीय खेलमा नेपाल ‘ए’ सामु २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा २८४ रन बनाएको हो । नेपालले अहिले केही बेरमा ब्याटिङ गर्ने छ ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०