काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने भएका छन् । आज दिउँसो ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने उनले तयारी गरेका हुन् ।
बुधवारसम्म जसपा, लोसपा, राप्रपासहितका साना दलको समर्थनमा बहुमत जुटाउन दौडधुपमा रहेका चौधरीले ती राप्रपाबाहेक अन्य दलको समर्थन पाउने आशा नभएपछि विश्वासको मत नलिएर सम्बोधन गरेर राजीनामा दिन लागेको बुझिएको छ ।
बिहीबार अहिलेसम्म प्रदेश सरकारमा रहेको जसपाको केन्द्रीय समितिले समेत नयाँ गठबन्धनमा सामेल हुन प्रदेश कमिटीलाई निर्देशन गरेसँगै मुख्यमन्त्रीको बहुमत जुटाउने प्रयास असफल भएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०