काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । संवैधानिक परिषद्को बैठक सकिए लगत्तै गठबन्धनको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०