काठमाडौँ । राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नयाँ सत्ता समीकरणपछि यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०