काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ । नेपालले विश्वकप छनोटअन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्न लागेको हो । खेल आज राति बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२:४५ बजे सुरु हुनेछ ।
यो खेल नेपालमै हुने तालिका थियो । तर, एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेपछि बहराइनमा हुने भएको हो ।
नेपालले बिहीबार पहिलो खेल खेलेपछि मंगलबार बहराइनमै दोस्रो खेल खेल्नेछ । समूह ‘एच’मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ । नेपाल पहिलो खेलमा युएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो । नेपाल पहिलो चरणमा लाओसलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो ।
चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०