काठमाडौं । उपप्रधानमन्त्री एव भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले चीन र भारतका राजदूतसंग भेटघाट गरेका छन ।
सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा छिमेकी राष्ट्र भारतका राजदूत नवीन श्रीवास्तव र चिनका राजदूत चेन सोङसंग उनले भेटघाट गरेका हुन ।
भेटका क्रममा छिमेकी देशबिच बिद्यमान परियोजनाहरुलाई गति दिनुको साथै चिन-नेपाल र भारत- नेपालबिच थप सहयोग र आपसी समझदारी कायम राख्ने विषयमा छलफल भएको थियो।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०