काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवीको प्रमुखमा श्याम ज्ञवालीलाई नियुक्त गर्ने सरकारको निर्णय चौतर्फी बिवादित बनेको छ । ज्ञवाली सिआइवी प्रमुखमा नियुक्त नहुँदै सुन काण्डमा विवादित भनिएका जिवन चलाउनेले आफुसंग ज्ञवालीले २ करोड माग गरेको भिडियो बयान सार्वजनिक गरेका थिए ।
कुनै पनि व्यक्तिको चरित्र माथी प्रश्न खडा हुने बितिकै कारवाही गर्ने बयान दिदै आएका गृहमन्त्री रवि लामिछानेले भिडियोमै बयान सार्वजनिक भइसकेको व्यक्तिलाई सोही दिन सिआइवी प्रमुखमा नियुक्त गर्ने निर्णय गरे । आफुले सिआइवी प्रमुखमा ज्ञवालीलाई नियुक्त मात्रै गरेनन आफ्ना पूर्व स्वकीय सचिव मार्फत जिवनलाई चलाउने को हो छिट्टै सार्वजनिक हुने स्टाटस सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गर्न लगाए ।
आइजिपी हुन २ करोड रुपैयाँ नदिएको रिसिवी साध्न आफुलाई देश छोड्न बाध्य पारिएको व्यापारी जिवन चलाउनेले निरन्तर देशबाहिरबाट अडियो भिडियो मार्फत बयान दिइरहेका छन् । आफैले भगाउने अनि फेरि उल्टै भगाइयो भन्दै प्रचार गराउन लगाउने कार्य उनै सिआइवी प्रमुख श्याम ज्ञवालीबाट भएको चलाउनेले चित्कार गरिरहेका छन् ।
यसरी भिडियो मार्फत कुनै व्यक्ती किटानी गरि घुस मागेको आरोप लागेको व्यक्तिलाई सिआइवी प्रमुख बनाउने कार्य संकास्पद भएको भन्दै आजको संसदमा समेत सरकारको बिरोध भएको छ । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले एआईजी श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रमुख बनाउनु शंकास्पद रहेको बताए ।
भ्रष्टाचार बिरुद्ध आफुले अभियान चलाएको बताउदै आएका गृहमन्त्री लामिछानेले घुस मागेको आरोप लागेका ज्ञवालीलाईनै सिआइवीको प्रमुख बनाउनुपर्ने बाध्यता के आइलाग्यो त्यो भने बुझ्न सकिएको छैन । सहकारी ठगीको आरोपमा स्वयम छानविनको दायारामा रहेका लामिछानेले आफैलाई छानविन गरिरहेका सिआइवीका तत्कालीन प्रमुख लगायतका अधिकारीलाई सबैभन्दा पहिले विभागिय कारवाही सहित सरुवा गर्ने निर्णय गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०