काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले शुक्रबार सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनले हालसम्म भएको काम बारेमा जानकारी लिंदै २०८३ सालभित्रै निर्माण गरिसक्न निर्देशन दिएका हुन् ।
७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुरुङमार्ग निर्माणले पछिल्लो समय गति लिएको भन्दै यसलाई निरन्तरता दिन मन्त्री महासेठले आग्रह गरे ।
मन्त्री महासेठले गुणस्तरमा सम्झौता नगर्न र तोकिएको मितिमा निर्माण पूरा गर्न निर्देशन दिंदै यसका लागि बजेटको अभाव हुन नदिने बताए ।
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०