काठमाडौँ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले राजश्व अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।
सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आयोगले विभाग र सीआईबीका उच्च अधिकारीसहित केही प्रहरी र कर्मचारीलाई समेत कारबाहीको सिफारिस गरेको हो । सुन तस्करीसम्बन्धी अनुसन्धानमा संलग्न अधिकारीहरूले मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले कारबाहीको सिफारिस गरेको हो ।
त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी किरण बबज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०