काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले आज (बिहीबार) गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको छ । गठन भएको साढे ५ महिनापछि सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको हो ।
आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज (बिहीबार) सिंहदरवार पुगेर गृहमन्त्री लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लगाएर अध्ययन र जाँचबुझ गरेको हो । आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी छन् ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०