काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० संसदमा पेश हुँदैछ । वहुप्रतिक्षित विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले प्रतिनिधि सभामा पेश गर्ने कार्यसूची रहेको छ ।
केही साताअघि मात्रै संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०