काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालयमा हात हालाहाल भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर एक पुरुषमाथि कुटपिट भएको हो ।
पार्टीको कार्यसम्पादन समिति बैठकपछि नेताहरू निस्किने क्रममा कुटपिट भएको भिडियोमा देख्न सकिन्छ । बैठकको निर्णय जानकारी गराउन पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको थियो । त्यसै क्रममा झगडा भएको बुझिएको छ ।
एक्कासि अर्कोपट्टिबाट एक पुरुष भाग्दै आएको र केही व्यक्तिहरूले लखेटेको दृश्य लाइभ भिडियोमा कैद भएको छ । ती पुरुष को हुन् र झगडाको कारण भने खुलेको छैन ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०