काठमाडौँ । नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सम्पन्न भएको छ। नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।
बैठकले समसामयिक विषयमा छलफल गरेको र निर्णयहरू सार्वजनिक गर्न बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०