काठमाडौँ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लुम्बिनी प्रदेश माओवादी संसदीय दलका नेता जोख बहादुर महरा र प्रमुख सचेतक इन्द्रजीत थारुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।
प्रदेश सरकारमा हालसम्मको सहकार्यका लागि धन्यवाद दिँदै समर्थन फिर्ता लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको हो ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०