काठमाडौँ। नेपाली काँग्रेस बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । केन्द्रमा माओवादी केन्द्रले काँग्रेससँगको गठबन्धन तोडेपछि बागमती प्रदेश सरकारबाट काँग्रेस बाहिरिन लागेको हो ।
आज दिउँसो प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई नेपाली काँग्रेसका ६ जना मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने नेपाली काँग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार बताए ।
बागमती प्रदेशमा १२ वटा मन्त्रालयहरू मध्ये काँग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०