काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलको आज (बुधबार) बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
गण्डकीमा नेपाली काँग्रेसको नेतृत्वमा सरकारमा छ । काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई हटाएका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०