काठमाडौँ । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरिन लागेको हो । आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।
८ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा काँग्रेसबाट तीन जना मन्त्री रहेका छन् । काँग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०