काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ नछाड्ने बताएका छन् । राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ भने नछाड्ने बताएका हुन् । पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।
आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौँ । एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ ।’ एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उनले बताए ।
सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास पनि ओलीले व्यक्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०