काठमाडौँ । नयाँ सत्ता गठबन्धनमा राजावादी शक्ति राप्रपालाई नल्याउने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई प्रतिगमनकारी शक्ति भन्दै गठबन्धनमा नसमेट्ने सहमति गरेका छन्।
आज माओवादी बैठकपछि सचिव देवेन्द्र पौडेलले गठबन्धनमा राप्रपालाई नसमेटिने बताए । उनले भने, ‘राप्रपा आउने सम्भावना छैन । हामीले प्रष्ट रूपमा भन्यौँ काँग्रेस छोड्नु र राप्रपा ल्याउनु झन् प्रतिगमनकारी हुन्छ ।
राप्रपासँग कतिपय अरू गणितीय प्रसङ्ग त चल्ला । पार्टी भएपछि हामीले नकारात्मक रूपमा राख्ने कुरा त भएन । तर यो प्रणालीकै विपक्षमा उहाँहरू हुनुहुन्छ । त्यस कारण सरकार बनाउने कुरा उहाँहरूसँग मिलेर नजाने भन्ने कुरा प्रष्टै भनेका छौँ ।’
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०