काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरु सहभागी छन् ।
बैठकमा पार्टीका पदाधिकारीसहित सरकारका मन्त्रीहरू पनि सहभागी छन् । सहभागीमध्ये उपसभापतिसमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महत बैठक स्थलबाट बाहिरिएका छन् । यसैगरी नेताहरु प्रकाशमान सिंह र अर्जुन नरसिंह केसी पनि बैठक स्थलबाट बाहिरीएका छन् ।
बैठक भने जारी छ । बैठकमा सहभागी हुन महामन्त्री विश्वप्रकाश शर्मा भर्खर पुगेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०