काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काम कारबाहीमा काँग्रेसले साथ नदिएकाले क्याविनेट पुन गठन अघि बढाइएको बताएका छन् ।
सोमबार बालुवाटारमा नयाँ सत्ता समीकरण एमाले-माओवादी-रास्वपाको शीर्ष बैठक चलिरहँदा पौडेलले प्रधानमन्त्रीले जनताको डेलिभरीलाई गति दिने काममा काँग्रेसले साथ नदिएपछि मंसिरदेखि नै मन्त्री फेर्ने कुरा गरिरहेको भन्दै सरकारको कामलाई सजिलो बनाउन क्याविनेट पुन गठन गर्न लागेको जानकारी दिए ।
उनले भने, ‘जनताको डेलिभरीलाई अलिकति गति दिने प्रधानमन्त्रीको इच्छाशक्तिलाई काँग्रेसको मन्त्रालयबाट सपोट भएन । प्रधानमन्त्रीले मंसिरदेखि नै मन्त्री फेर्न कुरा गर्नुभएको हो तर काँग्रेसले मानेको थिएन । शान्ति प्रक्रिया टुङ्ग्याइने कुरालाई पनि कानुन मन्त्रीले सहज गर्नुपर्थ्यो त्यो भएन । हाम्रो अप्ठ्यारोमा सहज नगर्ने र उहाँहरूलाई चाहिँ सजिलो गरिरहने कुरामा अप्ठ्यारो परेकोले क्याविनेट पुन गठन गर्ने कुरामा पुग्नुभएको हो’ उनले उनले राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षलगायतको विषयमा नयाँ शिराबाट अघि बढ्ने र प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा अगाडि बढाउने जानकारी दिए ।
उनले भने,‘राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षको प्रसङ्गमा पनि हामीले नयाँ सिराहाबाट पुन गठन गछौं त्यतिमात्र होइन प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा हामीले अगाडि बढाउँछौं । ’उनको अनुसार एमाले र माओवादी नेताहरूबीचमा भएको पुराना गल्तीहरूको गम्भीर समीक्षा गरी गल्तीहरू नदोहोर्याउले गरी विश्वासको वातावरण बनाए जाने सहमति भएको छ । उनले नेपालको सिङ्गो राजनीतिलाई नै नयाँ ध्रुवीकरणमा लैजाने भनेर यस्तो कदम चालिएको बताए ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०