काठमाडौँ । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन् ।
संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन्। राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुन पुगेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०