काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको माओवादीका एक नेताले जानकारी दिए ।
बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०