काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् ।
बैंङ्किङ कसुरमा बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । कमसल धितो राखेर उनीहरूले बैंङ्किङ कसुर गरेको बताइएको छ ।
उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंकअन्तरगतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । सेन्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०