काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि बहस आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक रहेको भन्दै विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत भएर बहस गर्न आग्रह गरे ।
उनले भने, ‘फुटबललाई गति दिन र विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक हुन्छ । विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरु सबैलाई हामीले फुटबलको विकासको लागि केन्द्रीकृत भएर छलफल गर्ने बहस गर्ने र यसलाई एउटा नयाँ उचाइमा पुर्यानका निमित्त लागि पर्न अनुरोध गर्दछु ।’
उनले नेपाली खेलकुदमा फुटबलको लोकप्रियता र व्यापकता जुन उचाइमा छ त्यो अनुसारको अपेक्षा पनि हुने भन्दै सो अपेक्षलाई सम्बोधन गर्न सक्नेगरी कार्यक्रमहरू बनाउन जरुरी रहेको बताए ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०