काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता-कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।
दुई तिहाइको पार्टी फोडेकोमा पश्चात्ताप नगर्ने, पार्टी कमजोर बनाउने, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चात्ताप नगर्नेहरूलाई एमालेमा प्रवेश नगराउने उनले बताए । उनले अहिले पार्टी प्रवेशको लहर तीव्र गतिमा बढिरहेको जिकिर गरेका छन्।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०