काठमाडौँ। विभिन्न जिल्लाबाट काठमाडौँ आएको मिटरव्याज र लघुवित्त पीडितहरूलाई नेकपा एमालेले स्वागत गर्ने भएको छ । मिटरव्याज पीडितहरू अहिले थानकोटमा आइपुगेका छन् ।
एमाले काठमाडौँ जिल्ला इन्चार्ज आनन्द पोखरेलेको नेतृत्वमा काठमाडौँ जिल्ला कमिटी र काठमाडौँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले थानकोटमा पुगेर स्वागतसहित मागमा प्रतिबद्धता जनाउने भएका हुन् ।
एमालेको केन्द्रीय समितिको बैठक तीन दिनदेखि पार्टी मुख्यालयमा च्यासलमा जारी छ । मिटरव्याज र लघुवित्त पीडितहरूको पक्षमा बैठकले प्रस्ताव पनि पारित गर्ने तयार गरेको छ । २३ दिन हिँडेर काठमाडौँ आइपुगेका पीडितहरू माग पूरा नभएसम्म घर नफर्किने अडानमा छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०