काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महिनापिच्छे तलब दिने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताएका छन् । सो व्यवस्थालाई परिमार्जन गरी हप्तैपिच्छे दिने नीति बनाउन काँग्रेसले पहल गर्नुपर्ने बताएका हुन्।
‘महिनामा तलब दिने व्यवस्थालाई परिवर्तन गरेर हप्तामा दिने व्यवस्थाको कानुन बनाउन काँग्रेसले पहल गर्नुपर्छ,’ उनले भने।
उनले पदाधिकारी तथा केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने व्यवस्था हटाउन माग गरेका छन्।
उनले कोशी प्रदेशको नाम परिवर्तन गरेर बहुपहिचानका आधारमा कोशी-किरात प्रदेश वा कोशी-किरात-सगरमाथा प्रदेश राख्नुपर्ने बताए।
उनले १५ औँ महाधिवेशनबाट लागू हुने गरी काँग्रेसका सबै तहका सभापति, पदाधिकारीहरू राज्यको कुनै पनि कार्यकारी पदमा जान नपाउने वैधानिक व्यवस्था गर्न पनि माग गरेका छन्।
उनले समावेशी सिद्धान्तअनुसार महामन्त्री थप गरिनुपर्ने बताए। गुरुङले तीन वटा प्रस्तावमाथि केन्द्रित रहेर १७ बुँदे धारणा केन्द्रीय समितिमा राखेका थिए।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०