काठमाडौँ । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले शपथ लिएका हुन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गरेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०