काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् । उपप्रमुख सनिता डंगोल हेटौँडामा पुग्दा बालेन भने काठमाडौँमै छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौँडामा मतदान भइरहेको छ । उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०