काठमाडौँ । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छन् । मल्ल हालकी वरिष्ठ उपाध्यक्ष हुन् ।
निर्वाचन समितिको कार्यालयले तोकेको समयमा अध्यक्षमा मल्लको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
सत्ता गठबन्धनका प्रमुख दल काँग्रेस र माओवादी केन्द्रले निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०